नियम १५
सैनिक अदालतको अध्यक्ष, सदस्य र प्राड अधिकृत खटाउने
(१) प्रधानसेनापति वा निजबाट अधिकार प्राप्त गरेका अधिकृतले सैनिक अदालतको अध्यक्ष वा सदस्यको रूपमा कार्य गर्न ऐनको दफा ६७ को उपदफा (१) बमोजिमका अधिकृत तथा दफा ८१ को उपदफा (१) बमोजिम प्राड विवाक वा प्राड अधिकृतलाई खटाइ दिन सैनिक सचिव विभाग समक्ष अनुरोध गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुरोध भई आएमा सैनिक सचिव विभागले प्राड विवाक वा प्राड अधिकृतलाई निर्धारित मिति, समय र मुकाममा खटाइ दिनु पर्नेछ ।
(३) सैनिक अदालतका अध्यक्ष, सदस्य तथा प्राड विवाक वा प्राड अधिकृत उपस्थित भई शपथ ग्रहण गरेपछि सैनिक अदालत गठन भएको मानिनेछ ।